धनगढीमा देउवाको स्वागतमा लगाइएका झन्डा आन्दोलनरत विद्यार्थीले हटाए
धनगढीः धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा लगाइएको झन्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन्।
‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक– २०८१’ को विरोध गरिरहेको विद्यार्थीहरूले विरोध स्थल नजिकै लगाइएका झण्डा हटाएका हुन्। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले सोही ठाउँमा सडकको डिभाइडरमा लगाइएका झन्डा हटाएका थिए।
उनीहरूले झन्डा हटाएपछि नेविसंघका विद्यार्थीले विरोध गरेपछि केही बेर सडक अवरुद्ध समेत भएको थियो। काँग्रेस सभापति देउवा भोलि सुदूरपश्चिम आउँदैछन। नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्न आउन लागेका देउवाको स्वागतमा झण्डा लगाइएका थिए।