सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिषादी परिक्षण गर्ने नीतिबाट सरकार पछि हटेपछि साझा विवेकशिलको धनगढीमा बिरोध

२०७६ असार २२, ०७:०५ खबर संवाददाता

बिषादी परिक्षण गर्ने नीतिबाट सरकार पछि हटेपछि साझा विवेकशिल पार्टीले प्रदर्शसन गरेको छ। पार्टीको सुदूरपश्चिक प्रदेश समितिले आज धनगढी लगायतका प्रदेशका विभिन्न स्थानमा ¥याली निकालेर विरोध जनाएको हो। धनगढीको पार्क मोडमा जम्मा भई जिल्ला प्रसासन कार्यालय सम्म ¥याली निकालेको थियो भने विषादीजन्य फलफुल तथा तरकारी आयतमा रोक लगाउनको लागि कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा समेत ज्ञापन पत्र पठाईएको छ। भारतबाट आयात हुने तरिकारी र फलफूलको निर्वाध रुपमा आउँदा जनस्वास्थ्यमाथि ठुलो असर पुग्ने बताउँदै साझा विवेकशिलका नेता दिनेशराज भण्डारीले सिमामा प्रयोगशाला स्थापना गर्दै परिक्षणको व्यवस्था मिलाउन माग गरे। 

कमेन्ट लोड गर्नुस