सुदूर नेपाललाई विश्वसँग जोड्दै

चोरी मुद्दामा फरार कैलालीका एक प्रतिवादी पक्राउ

२०८१ फाल्गुन २४, ०७:५७ खबर संवाददाता

धनगढीः चोरी मुद्दामा फरार कैलालीका एक प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको मिति २०७९ पुस १३ गतेको फैसलाले चोरी मुद्दामा १४ दिन कैद सजाय र ५ हजार जरिवाना तोकेपछि फरार रहेका जानकी गाउँपालिका–९ खैरीफाटा बस्ने २१ वर्षीय युवराज सलामी मगर पक्राउ परेका छन्। मगरलाई इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस