सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा गोली प्रहारबाट घाइते सुरेन्द्रको मृत्यु

२०८१ फाल्गुन १८, ०७:१७ खबर संवाददाता

बैतडीः बैतडीमा गोली प्रहारबाट घाइते सुरेन्द्रको मृत्यु   भएको छ।

जिल्लाकोे दोगडाकेदार गाउँपालिका–८ मा लेनदेन विवादका क्रममा भएको गोली प्रहारबाट घाइते भएका सुरेन्द्रको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार, सोही गाउँका करिब ४५ वर्षीय कर्ण विष्टले गोली प्रहार गर्दा गम्भीर घाइते भएका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको हो।

प्रहरीका अनुसार, कर्णले गाउँकै भाइ नाता पर्ने सुरेन्द्रलाई लेनदेन सम्बन्धी विवादका क्रममा गोली प्रहार गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ताले जानकारी दिएका छन्।
 

 

कमेन्ट लोड गर्नुस