कैलालीबाट लागूऔषधसहित एक युवक पक्राउ
२०८१ फाल्गुन १७, ०७:२९
धनगढीः कैलालीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
बर्दगोरीया गाउँपालिका–१ बौनिया बजारबाट ८ ग्राम २७० मिलिग्राम अबैध लागूऔषधसहित सोही ठाउँ बस्ने २० वर्षीय राजन वम पक्राउ परेका हुन्। वमलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरी सो सम्बन्धी थप अनुसन्धान भईरहेको छ।
कमेन्ट लोड गर्नुस