सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र भजनीबाट भन्सार छलीका सामान बरामद

२०८१ फाल्गुन १७, ०७:२५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी र भजनीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–७ बेली, भजनी नगरपालिका–७ सिराधानी सिबीर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५२ हजार ७ सय बराबरको सामान बरामद गरिएको हो। भन्सार छलीका चनि, सुर्ती, गुड्खा, प्लाष्टिक, साईकल, रातो÷पहेलो रङ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस