सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन गोदावरी चेम्बरको पनि माग

२०७६ असार २१, १२:१७ खबर संवाददाता

गोदावरी चेम्बर अफ कमर्सले पनि  कैलालीको  गेटामा निर्माणाधिन अवस्थामा रहेको  मेडिकल कलेजलाई दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन माग गरेको छ। गोदावरी चेम्बर अफ कमर्सले आजएक प्रेस विज्ञप्ती जारी गर्दै दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन माग गरेको हो।

चेम्बरका अध्यक्ष विनोद मल्ल (विप्लभ) ले आज प्रेस विज्ञप्ती जारी गर्दै मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रारुपमा सञ्चालन गर्न माग गरिएको हो। यथासिघ्र एमविविएस पढाई संचालन गर्न र गुणस्तरिय स्वास्थ्य सेवाका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान उपयुक्त हुने ठहर विज्ञप्तीमा गरिएको छ।

अहिलेका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले अहिले मेडिकल कलेज बनाउन प्रयासरत रहेको र विगतमा स्वास्थ्य मन्त्री हुदा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनेर दावी गरेको प्रसंगलाई जोड्दै एकै व्यक्ती अलग–अलग मंन्त्रालयमा मन्त्री भएर जादा एउटै कुरालाई आफु अनुकुल वनाउन खोज्नु राम्रो संस्कार नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ।  

मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइ तत्काल अध्ययन र अस्पताल सुचारु गर्न माग गरिएको छ। यसअघि कैलाली उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरुले पनि प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन माग गरेका छन्। 

कमेन्ट लोड गर्नुस