कञ्चनपुरबाट साडे तीन लाखका भन्सार छलीका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट साडे तीन लाखका भन्सार छलीका सामान बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय दोधारा–चाँदानीबाट खटिएको प्रहरी टोलीले अन्दाजी ५३ हजार ५४०,इलाका प्रहरी कार्यालय गड्डाचौकीले २ लाख २७ हजार इलाका प्रहरी कार्यालय ब्रह्रमदेवले १ लाख १० हजार गरि ३ लाख ६६ हजार २४० मुल्य बराबरको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको हो।
उक्त मूल्य बरबरको भनसार छलीको हार्डवेयरका सामान,कपडा,किराना सामान, खेलौना, चस्मा, बेल्ड र टोपी बरामद गरी फेला पारी कानुन बमोजिम बरामद गरी थप कारबाहीको लागी भन्सार कार्यालय पठाइएको