सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र म्यानमार भिड्दै

२०८१ फाल्गुन १४, १०:३३ खबर संवाददाता

काठमाडौं: काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ। फाइनल खेलमा नेपाल र म्यानमार भिड्दैछन्।

दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ६ बजेदेखि शुरु हुँदैछ। चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानमार र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन्। म्यानमारले लिग चरणका तिन खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेर शीर्ष स्थानमा रहेको छ।

म्यानमारले लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो। त्यस्तै नेपालको पनि तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक नै रहेको र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो। नेपालले पनि लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने म्यानमारसँग बराबरी खेलेको थियो ।

कमेन्ट लोड गर्नुस