कैलाली–कञ्चनपुरका हावाहुरी पीडितलाई छिमेक लघुवित्तको ९ लाख बढी सहयोग
धनगढी – छिमेक लघुवित्त वित्तिय संस्थाले कैलाली–कञ्चनपुरका हावाहुरी पीडितलाई सहयोग गरेको छ। संस्थाले कैलालीको गोदावरी नगरपालिकाको मालाखेती, श्रीपुर, ओलानी, चौकीडाँडा, कञ्चनपुरको कृष्णपुर नगरपालिका र बेलौरी नगरपालिकाका छ सय ५० बढी हावाहुरी पीडितलाई आर्थिक सहयोग गरेको हो। छिमेक लघुवित्त वित्तिय संस्था शाखा कार्यालय गेटा, अत्तरीयाका प्रमुख प्रकाश अधिकारी र अनुगमन प्रमुख राजु केसीले हावाहुरी पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्।
शाखा प्रमुख अधिकारीले छ सय ५० हावाहुरी पीडित परिवारलाई हालसम्म नौ लाख ६८ हजार रुपैयाँ वितरण गरिएको जानकारी दिए। पीडितलाई एकदेखि तीन हजार रुपैयाँसम्मका दरले सहयोग गरिएको अनुगमन प्रमुख केसीले बताए। राहत रकम सहयोग गरिएका हावाहुरी पीडित परिवार छिमेक लघुवित्त वित्तिय संस्थाका सदस्य हुन्।