धनगढीमा मासु पसलको ग्यास सिलिण्डरमा आगलागी
२०७६ असार २०, ०४:१६
धनगढीमा मासु पसलको ग्यास सिलिण्डरमा आगलागी भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर २ सेन्चुरी बैंक नजिक रहेको मासु पसलमा राखिएको ग्यास सिलिण्डरमा आगलागी भएको हो। दमकल र स्थानीयको सहायतमा आगो नियन्त्रणमा लिईएको छ। आगलागीबाट ग्यास सिलिण्डर जलेर नष्ट भएको छ भने अन्य क्षती नभएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस