सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको इमेरल्ड एकेडेमीले मनायो २३ औँ वार्षिक उत्सव

२०८१ फाल्गुन १०, ०७:१० खबर संवाददाता

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–३ मा रहेको इमेरल्ड एकेडेमीको २३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।

वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरको प्रमुख आथित्थ्यमा २३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख आथित्थ्य ऐरले बालबालिकालाई माया गर्ने आमा नै भएको बताए। उनले स–साना बालबालिकालाई कस्तो बनाउने, कस्तो मार्ग निर्देशनमा लैजाने भन्ने बारेमा आमाले सोच्ने गरेको बताए। उनले बच्चाहरूको सपना गर्न आमाले बच्चाहरूको इच्छा अनुसार काम गर्नुपर्ने बताए।

उनले अहिले कक्षा ८ पढ्ने विद्यार्थीहरू लागु औषधमा फस्ने गरेको बताए । उनले आफ्नो घर भन्दा कति छ घरमा आउन जान कति समय लाग्छ, त्यसको बारेमा अभिभावकले जानुपर्ने बताए। उनले मोबाइलको प्रयोग राम्रो कामका लागि गर्नुपर्ने बताए। उनले बच्चाहरूलाई धेरै मोबाइल प्रयोग गर्न नदिई रचनात्मक काममा प्रयोग गर्न लगाउनु पर्ने बताए। उनले बाल बच्चाहरूको सपनालाई बुझेर अभिभावकहरूले अनुमोदन गर्नुपर्ने बताए। कार्यक्रममा विशिष्ट अथिती रहनु भएका इमेरल्ड एकेडेमीका प्रिन्सीपल सशिभुषण पाठकले रहेका थिए।

इमेरल्ड एकेडेमी विस २०५८ सालमा स्थापना भएको थियो। हाल अहिले कक्षा १० सम्म पढाइ भएको छ। कार्यक्रममा विद्यार्थीहरूले सृजना गरेका विज्ञापन सामाग्री प्रर्दैशन गरेका थिए।

 

कमेन्ट लोड गर्नुस