सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा अटोरिक्साको ठक्करबाट घाइते महिलाको मृत्यु

२०८१ फाल्गुन ९, ०६:१० खबर संवाददाता

धनगढीः अछाममा अटोरिक्साको ठक्करबाट घाइते महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

जिल्लाको साँफेबगर नगरपालिका–७ रिडिकोटकी ५५ वर्षीया जनक शाहको वयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। साँफेबगर–मङ्गलसेन सडक खण्डको रिडिकोट नजिक सडक पार गरिरहेको अवस्थामा शाहलाई अटोरिक्साले ठक्कर दिएर घाइते भएकी थिइन्। सुदूरपश्चिम प्रदेश ०१–००१ ह ६४२३ नम्बरको अटोरिक्साले शाहलाई ठक्कर दिएको बताइएको छ।

ठक्कर दिने अटोरिक्सा र चालक बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सैनका विशाल बोहरालाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस