सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकल ठक्करबाट साइकल यात्री घाइते

२०८१ फाल्गुन ७, ०५:३५ खबर संवाददाता

धनगढी : कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन।

जिल्लाको गौरीगंगा नगरपालिका–८ बढैपुरमा सुदूरपश्चिम प्रदेश ०१–०११ प ११६३ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिएको हो।

गौरीगंगा नगरपालिका–५ अण्डैयाकी २९ वर्षीय साइकल यात्री सुशीला रसाइली घाइते भएकी छन्। लक्माका विकास चौधरीले चलाएको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो। मोटरसाइकल चालक चौधरी सामान्य उपचारपछि घर फर्किएका छन्।

तर, सुशीलाको धनगढीमा उपचार हुँदैछ।

 

कमेन्ट लोड गर्नुस