डडेलधुरामा मोटरसाइकल आपसमा ठोक्किदाँ एक महिला घाइते

२०८१ फाल्गुन ५, ०५:५८
धनगढीः डडेलधुरामा मोटरसाइकल आपसमा ठोक्किदाँ एक महिला घाइते भएकी छन्।
जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट तुफानडाँडातर्फ जाँदै गररेको सुदूरपश्चिम प्रदेश ०२००४ प ४७५९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहको से ६ प २४७६ नम्बरको नबिन एरीले चलाएको मोटरसाइकल आइतवार एकआपसमा ठोक्किदाँ पछाडी सवार १९ वर्षीया रेजीना चन्द घाइते भएकी प्रहरीले जनाएको छ। घाइते रेजीनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।




कमेन्ट लोड गर्नुस