सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा बस र जीप ठोक्किदाँ १० जनाको ज्यान गयो

२०८१ फाल्गुन ३, ०१:०८

एजेन्सीः भारतमा बस र जीप ठोक्किदाँ १० जनाको ज्यान गएको छ।

भारतको मेजा क्षेत्रमा बस र जीप ठोक्किएर भएको दुर्घटनामा महाकुम्भ मेलामा जाँदै गरेका १० जनाको ज्यान गएको हो। उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा स्नान गर्न जाँदै गरेका भक्तजन दुर्घटनामा परेका हुन्। प्रयागराज–मिर्जापुर राजमार्गको मेजा क्षेत्रमा गएराति बस र जीप ठोक्किँदा भएको दुर्घटनामा १९ जना भक्तजन घाइते भएका प्रहरीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

घाइतेहरूलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ। ज्यान गुमाउनेहरु जीपका यात्रु रहेका प्रहरीको भनाइ छ। घाइते सबै बसमा रहेका यात्रु हुन्। बसमा यात्रा गर्ने भक्तजन मध्य प्रदेशको राजगढ जिल्लाका हुन्। दुर्घटनाको मुख्य कारण तीव्र गति हुन सक्ने अनुमान छ।
 

कमेन्ट लोड गर्नुस