आगोमा जलेर एकजनाको मृत्यु

२०८१ माघ ३०, ११:४२
गुल्मीः आगो ताप्ने क्रममा जलेर गुल्मीमा एकजनाको मृत्यु भएको छ।
धुर्कोट गाउँपालिका–७ वाग्लामा आगो ताप्ने क्रममा जलेर ८० वर्षीय इन्द्रलाल गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी चिरञ्जीवि दाहालले जानकारी दिए। मंगलबार राति ११ बजेतिर आगो तापेर बसिरहेको बेला गिरीको जलेर मृत्यु भएको जनाइको छ।




कमेन्ट लोड गर्नुस