सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष सिंहमाथि चक्कु प्रहार

२०८१ माघ २९, १०:११ खबर संवाददाता

बझाङः नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष ललितबहादुर सिंहमाथि चक्कु प्रहार गरिएको छ।

अध्यक्ष सिंहमाथि गएराति कुटपिट तथा चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङकै २९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाल रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस