सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भन्सार छलीका सामान बरामद

२०८१ माघ २९, ०८:२९ खबर संवाददाता

धनगढीः कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ।

टीकापुर नगरपालिका–१ स्थित सडक खण्ड र लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ८५ हजार २२० बराबरको सामान बरामद गरिएको हो। भन्सार छलीका चिनी, खानेतेल, सुर्ती, चक्लेट, पेन्ट डिब्बा, ट्याक्टरको सोराज लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस