कैलालीमा तातो पानीमा पर्दा जलेर बालिका घाइते
२०८१ माघ २३, ०७:१८
धनगढीः कैलालीमा तातो पानीमा पर्दा जलेर एक बालिका घाइते भएकी छन्।
गोदावरी नगरपालिका–१२ ओलानीकी नृप बिककी ५ वर्षीया छोरी परी बिक मंगलवार घाइते भएकी हुन्। आफ्नै घरमा खेल्ने क्रममा तताएको पानीको भाँडोमा पर्दा उनी घाइते भएकी प्रहरीले जनाएको छ। घाइते बालिकाको सेती
प्रादेशीक अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएक छ।
कमेन्ट लोड गर्नुस