कञ्चनपुरको भीमदत्तका काँग्रेस सभापति कलौनी मृत फेला
धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिकाका काँग्रेस सभापति अच्युत कलौनी मृत फेला परेका छन्। भीमदत्त नगरपालिका–१८ वडा कार्यालय नजिक उनको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले शनिवार बिहान कलौनीको शव फेला परेको बताए। सडक पेटीमा उनी घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन। घटनास्थल ‘सिल’ गरेर उनको मृत्युको कारणबारे अनुसन्धान सुरु गरिएको छ। अनुसन्धानका तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको छ।