सुदूर नेपाललाई विश्वसँग जोड्दै

खुटिया नदीमा मापदण्ड विपरीत दोहन, ट्याक्टर नगरपालिकाको नियन्त्रणमा

२०८१ माघ १८, ०४:२८ खबर संवाददाता

धनगढी : कैलालीको खुटिया खोलामा दोहन हुँदै गरेको नगरपालिकाको अनुगमन टोलीले फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका–९ सेहरी क्षेत्रको खुटिया खोलामा मापदण्ड विपरीत दोहन हुँदै आएको हो।

गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ सङ्कलन तथा बिक्री वितरणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन नगरेको क्षेत्रमा व्यवसायीहरूले दोहन गरेका हुन। गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टसहितको अनुगमन टोलीले ट्याक्टर नियन्त्रणमा लिएको छ। शुक्रवार नगर प्रमुख भट्ट, उप–प्रमुख शारदादेवी रोकाया, र प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले खुटिया नदीको अनुगमन गरेका छन्। बिहिवार जिल्ला अनुगमन टोलीले सोही क्षेत्रबाट २६ सवारी नियन्त्रणमा लिएको थियो।

नगर प्रमुख भट्टले प्रारम्भिक वातावरणीय परीक्षण (आईई) नगरेको ठाउँबाट नदीजन्य पदार्थ उत्खनन् भएको पाइएकाले नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई कानुनी कारबाही गर्ने बताएका छन। मापदण्ड विपरीत उत्खनन् गर्ने ठेकेदार कम्पनीलाई समेत सचेत गराइएको छ।

उप–प्रमुख रोकायाले सम्झौता अनुसार काम गर्न भनेकी छन्। उनले गैरकानुनी गतिविधि दोहोरिए कानुनी कारबाही हुने चेतावनी दिएकी छन। बिहिवार नियन्त्रणमा लिइएका सवारीलाई कारबाही गरिने नगरपालिकाले जनाएको छ। शुक्रवारसमेत एक ट्याक्टर नियन्त्रणमा लिइएको छ।

 

कमेन्ट लोड गर्नुस