धनगढीमा भएको अभ्यास अदालत प्रतियोगितामा महेन्द्रनगर मावि प्रथम
धनगढीः धनगढीमा आयोजित अभ्यास अदालत प्रतियोगितामा कञ्चनपुरको महेन्द्रनगर माध्यमिक विद्यालय प्रथम भएको छ।
माघ १६ र १७ गते भएको प्रतियोगिताको उपाधी महेन्द्रनगर माध्यमिक विद्यालयले जितेको हो।
बोल्न्याथलीद्वारा आयोजित सुदुरपश्चिम प्रदेश स्तरीय अभ्यास अदालत प्रतियोगिता, २०८१ मा धनगढीको एलायन्स इन्टरनेसनल विद्यालय धनगढी द्वितीय भएको हो। यसैगरी प्रतियोगिताको तृतीय स्थान धनगढी नमुना माध्यमिक विद्यालयले हात परेको हो।
दुई दिनसम्म कैलाली बहुमुखी क्याम्पसमा आयोजित प्रतियोगितामा सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर डडेल्धुरा र बझाङका १० विद्यालयका १९ समूह सहभागी थिए। जसमध्ये १७ समूहले प्रतियोगिताको लिखित बहस नोट चरण पार गरे भने १३ समूहले बहस चरण पूरा गरी प्रतियोगितामा सहभागिता जनाएका थिए। उक्त १३ समूह मध्ये धनगढीको सिसिएस स्कुलले उत्कृष्ट बहस नोट विधाको पुरस्कर हात पारेको छ। समूह मनोबल विधाको पुरस्कार घोडाघोडी सामुदायिक माध्यमिक विद्यालय सुखडले हात पारेको हो भने प्रतियोगिताको उत्कृष्ट वक्ता धनगढी नमुना माध्यमिक विद्यालयकी छात्रा शर्मिला धानुक भएकी हुन्।
एक्सिस विद्याश्रमको सहकार्य एवम् डिजुरे ईन्स्टिच्युट अफ ल को प्रायोजनमा प्रतियोगिता भएको हो।
कार्यक्रम आयोजक कमिटीको रूपमा कैलाली बहुमुखी क्याम्पस कानुन संकाय पहिलो र तेस्रो सत्रमा अध्यनरत विद्यार्थी रहेका थिए।