भारतको कुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु

२०८१ माघ १६, १०:३३
एजेन्सीः भारतको कुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।
भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा मंगलबार मध्यराति भागदौड मच्चिएको हो। गंगामा पवित्र स्नान गर्न हजारौँ मानिस जम्मा भएका बेला भागदौड मच्चिँदा धेरै जनाको मृत्यु भएको आशंका गरिएको छ। घटनाको विस्तृत विवरण भने आइसकेको छैन।


कमेन्ट लोड गर्नुस