सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बागेश्वरी अटो मोटिभ्सद्धारा टिभीएस शोरुम सञ्चालन

२०७६ असार १६, १०:३४ खबर संवाददाता

बागेश्वरी अटो मोटिभ्सले धनगढीमा टिभीएस शोरुम सञ्चालनमा ल्याएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर २ को मेनरोड माछापुच्छरे बैँक नजिकै ५८ औँ शाखाका रुपमा शोरुमको उद्घाट गरिएको हो। शोरुमको धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले एक कार्यक्रमकाबिच उद्घाटन गरे। बागेश्वरी अटोमोटिभ्सले नयाँ मोटर साईकलको विक्री वितरणसंगै मेगा एक्सचेञ्ज अफर सञ्चालनमा ल्याएको छ । 

कम्पनीले अब धनगढीमा पनि वर्षभरी नै मेगा एक्सेञ्ज योजना लागु गर्न गइरहेको संञ्चालक प्रेम साउँदले बताए। उनले एक्सचेञ्ज अफरले टिभीएसको बजार थप मजबुद गराउने बताए। टिभीएस कम्पनीको मोटरसाइकल वा स्कुटी नयाँ मोटरसाइकल वा स्कुटरसंग एक्सचेन्ज गर्न सकिने उनको भनाई छ। शोरुम उद्घाटन कार्यक्रम अघि टिभीएस मोटासाइकल र स्कुटीसहित बजारमा ¥याली निकालिएको थियो ।
 

कमेन्ट लोड गर्नुस