कैलालीबाट खैरो हेरोईनसहित दुई जना पक्राउ

२०८१ माघ १६, ०७:५५
धनगढीः कैलालीबाट खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन्।
टीकापुर नगरपालिका–९ खक्रौला सडक खण्डमा कैलालीको जानकी गाउँपालिका–२ बस्ने २३ वर्षीय सिदार्थ भनिने गगन चन्द र दैलेख आठबिस नगरपालिका–४ मेल्तडि बस्ने २३ वर्षीय दिपेन्द्र माझि खैरो हेरोईनसहित पक्राउ परेका हुन्। दुबै जनालाई ७३० मिलिग्राम लागु औषध खैरो हेरोईनसहित इलाका प्रहरी कार्यालय टीकापुर कैलाली र प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।


कमेन्ट लोड गर्नुस