कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/saman-scaled_1_1.jpg?itok=MduUKog8)
२०८१ माघ १६, ०७:५४
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेलाबाट भन्सार छली गरी ल्याएका अन्दाजी २ लाख ८ हजार ७५० बराबरको सामान बरामद गरिएको छ।
भन्सार छलीका चप्पल, बच्चाका खेलौना, कस्मेटिक सामान, हाडबेयरको सामान, बिउबिजन, मिश्री लगायतका किराना सामान इलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिएको प्रहरी गस्ति टोलीले विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
![rojgar mela](https://dineshkhabar.com/sites/default/files/474217912_3011483635659265_4149502134924499851_n.jpg)
कमेन्ट लोड गर्नुस