बैतडीमा पासोमा फसेको चितुवाको उद्धार
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/lll-1737975443-e1737976085472.jpg?itok=2qZUGixK)
बैतडीः बैतडीमा पासोमा फसेको चितुवाको उद्धार गरिएको छ।
दशरथचन्द नगरपालिका–८ स्थित त्रिपुरासुन्दरी मन्दिर नजिक बँदेल नियन्त्रणका लागि थापिएको पासोमा फसेको चितुवाको सोमबार राती उद्धार गरिएको हो।चितुवाको राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, कञ्चनपुरको टोली, डडेल्धुराबाट आएका पशु डक्टर, र डिभिजन वन कार्यालय बैतडीको टोलीले उद्धार गरेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भरतप्रसाद भट्टले बताए। उद्धार गरिएको चितुवालाई डिभिजन वन कार्यालय बैतडीमा राखिएको छ।
चितुवा पूर्ण रूपमा स्वस्थ भएपछि जिल्लाको ग्वाल्लेक क्षेत्रमा छोडिने जनाइएको छ।
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
![rojgar mela](https://dineshkhabar.com/sites/default/files/474217912_3011483635659265_4149502134924499851_n.jpg)