सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषध मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

२०८१ माघ ९, ०८:२५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषध मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ परेका छन्।

लागूऔषध मुद्दामा ९ महिना ९ दिन कैद तोकीएका भीमदत्त नगरपालिका–२ उल्टाखाम बस्ने ३४ वर्षीय हरीश बोहरा र सोही मुद्दामै २ महिना ७ दिन कैद सजाय तोकिएको बेलौरी नगरपालिका–६ हात्तिबोझा बस्ने २७ वर्षीय बिरेन्द्र बडायक पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर गरेपछि दुबै जना फरार रहेका थिए। दुबै जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।  
 

कमेन्ट लोड गर्नुस