कञ्चनपुरबाट भन्सार छलीका कपडा र हार्डवेयरका सामान बरामद
२०८१ माघ ८, ०७:३२
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका कपडा र हार्डवेयरका सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–१० भन्सार रोड र भीमदत्त नगरपालिका–११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ६२ हजार ९९० बराबरको सामान बरामद गरिएको हो। भन्सार छलीका बिभिन्न किसिमका कपडा, हार्डवेयर र किराना लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
कमेन्ट लोड गर्नुस