धनगढीको बसपार्कबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ
धनगढी : धनगढीको बसपार्कबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन। धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट १७ वर्षीय भारतीय किशोरसहित २ जना पक्राउ परेका हुन। प्रदेश प्रहरी कार्यालय, धनगढीले २ सय २० मिलिग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्दै आएका भारतीय किशोर पक्राउ परेका बताएको छ।
अस्थायी प्रहरी पोस्ट बसपार्कको प्रहरी टोलीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी रहेको बताएको छ।