सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा अटो दुर्घटना हुँदा ६ जना घाइते

२०८१ माघ २, ०७:४९

धनगढी : डोटीमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन। जिल्लाको दीपायल–सिलगढी नगरपालिका–४ बेडखोल्लेस्थित सडकमा बुधवार सवारी दुर्घटना भएको हो।

रेडियो नेपालबाट पिपल्लातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ह ३४०६ नम्बरको अटो अनियन्त्रित हुँदा सडकबाट करिब २ मिटर तल खसेको थियो।

दीपायल–सिलगढी नगरपालिका–४ राजपुरका अटो चालक ४० वर्षीय रमेश दमाई घाइते भएका छन्। अटोमा सवार अन्य ५ जनासहित ६ जना घाइते भएका हुन्।

घाइतेहरूलाई उपचारका लागि शैलेश्वरी अस्पताल, पिपल्ला लगिएको थियो। सबै घाइतेहरूको अवस्था सामान्य रहेको डोटी प्रहरीले बताएको छ।

यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

कमेन्ट लोड गर्नुस