सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट तीन लाख मुल्यको भन्सार छलीका सामान बरामद

२०८१ पुष २५, ०७:५८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट तीन लाख मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका–४ बसपार्क र भीमदत्त नगरपालिका–६ ऐठपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख २ हजार १५० बराबरको सामान बरामद गरिएको हो।

उक्त मुल्य बराबरको बराबरको सुटपिस, भेष्ट, थान कपडा, कालो मरीच, फुटबल सुज लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको छ।

कमेन्ट लोड गर्नुस