लिलाधर जोशीको नेतृत्वमा मसलान्द तथा शैक्षिक सामग्री उद्योग संघ गठन
धनगढीः सुदूरपश्चिम कापी उद्योगका सञ्चालक लिलाधर जोशीको अध्यक्षतामा नेपाल मसलान्द तथा शैक्षिक सामग्री संघ प्रदेश समिति गठन भएको छ।
शुक्रवार कैलालीको अत्तरियमा बसेको भेलाले जोशीको अध्यक्षतामा ७ सदस्यीय प्रदेश समिति चयन गरेको हो। समितिको उपाध्यक्षमा दोभान कापी एण्ड पेन उद्योग लम्कीका प्रकाश जैसी, सचिवमा एसके कापी उद्योग धनगढीका सञ्चालक गोपाल भट्ट, कोषाध्यक्षमा नेपाल कापी उद्योगका सञ्चालक अनिरुद्र जोशी सर्वसम्मत चयन भएको सचिव भट्टले बताए।
यस्तै, सदस्यमा सुनौलो कापी उद्योग महेन्द्रनगरका हेमराज पन्त, देउगाणी कापी उद्योग टीकापुरका विनोद परियार, सेती महाकाली कापी उद्योग कृष्णपुरका अर्जुन ठकुराठी चयन भएका छन्। संघको २५ औं वार्षिक अधिवेशन पुस २७ गते काठमाडौंमा हुने भएको छ। संघको साधारण सदस्य लिन इच्छुक व्यवसायीले सदस्यता लिन आग्रहसमेत गरिएको छ।