कञ्चनपुरबाट चेक अनादर मुद्दाका फरार एक जना पक्राउ
२०८१ पुष १०, ०८:०२
कञ्चनपुरः कञ्चनपुरबाट चेक अनादर मुद्दाका फरार एक जना पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका–२ बस्ने कनैया राना पक्राउ परेका हुन्। जिल्ला अदालत कञ्चनपुरको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकेपछि राना फरार रहेका थिए। रानालाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले मंगलवार बेलौरी नगरपालिका–४ रिछाबाट पक्राउ गरेको हो।
कमेन्ट लोड गर्नुस