कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको विभिन्न स्थान धनगढी–२ आदर्श चोक, भजनी–५ झुठाघाट र बर्दगोरिया–२ रामुपुर भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ४१ हजार ६१० बराबरको सामान बरामद गरिएको छ। प्याज, बिडी, सुर्ती, सुटपिस, मोजा, जुत्ती, कट्टु लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।