सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ट्याक्टर पल्टिएर चालकको मृत्यु

सांकेतिक
सांकेतिक
२०८१ मंसिर ३०, ०५:११ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा ट्याक्टर पल्टिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको लालझाडी गाउँपालिका–५ महावीर खल्लामा से १ त ३३७९ नम्बरको ट्याक्टर पल्टिँदा सोहि ठाउँका विमल रानाको मृत्यु भएको छ।

राना उक्त ट्याक्टरका चालक हुन। ट्याक्टर पल्टिदा रानाको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्याक्टरमा सवार रहेका तारासिँ भने सकुशल रहेका छन्। ट्याक्टर दुर्घटनाको कारण भने खुलेको छैन्।

कमेन्ट लोड गर्नुस