सुदूर नेपाललाई विश्वसँग जोड्दै

हाइटीको राजधानीमा भएको हिंसामा १८४ जनाको मृत्यु

२०८१ मंसिर २४, ०६:०१ खबर संवाददाता

एजेन्सीः हाइटीको राजधानीमा भएको हिंसामा पछिल्लो एक हप्तामा १८४ जनाको मृत्यु भएको छ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुखले हाइटीको राजधानीमा सामूहिक हिंसाका कारण १८४ जनाको मृत्यु भएको सोमवार बताएका हुन्।

जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै भोल्कर तुर्कले भने, ‘गत सातामात्र हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा एक शक्तिशाली गिरोहका नेताद्वारा आह्वान गरिएका आक्रमण र प्रत्याक्रमणका क्रममा कम्तीमा १८४ जनाको मृत्यु भएको छ।’ उनका अनुसार यी पछिल्ला घटना र यसबाट मृत्यु भएका मानिसहरूको सङ्ख्यासँगै यो वर्षमात्र हाइटीमा हिंसात्मक आक्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या पाँच हजार पुगेको छ।
 

कमेन्ट लोड गर्नुस