कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट एक जना घाइते
कञ्चनपुरः कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट एक जना घाइते भएका छन्।
जिल्लाको पुनर्वास नगरपालिका–३ पैँसठ्ठी बिघा नजिक पुनर्वास–६ का पिन्टु विष्टले चलाएको भे १ त ६५६६ नम्बरको ट्याक्टरको ठक्करबाट एक जना घाइते भएका छन्।
घाइते हुनेमा पुनर्वास–३ कै बलबहादुर वादी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घाइते वादीलाई आइबीआरडीमा सामान्य उपचार पश्चात थप उपचारको लागि सेती प्रादेशिक अस्पताल रेफर गरिएको छ।