नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ। परिसूचक १९ दशमलव ९७ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव ०४ को विन्दुमा कायम भएको हो।
सोमवार तीन सय १४ कम्पनीको दुई करोड ३० लाख ११ हजार तीन सय ६१ कित्ता शेयर एक लाख तीन हजार चार सय ८१ पटक खरिदबिक्री हुँदा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार पाँच सय ६४ बराबरको कारोबार भएको छ।
बैङ्किङ शून्य दशमलव ५९, विकास बैङ्क एक दशमलव ७२, वित्त एक दशमलव ९७ र अन्य समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै व्यापार समूह नौ दशमलव ७० र होटल तथा पर्यटन समूह चार दशमलव ९९ प्रतिशतले बढेको छ।
तारागाउँ होटल रिजेन्सी लिमिटेड, विशालबजार कम्पनी लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा आठ दशमलव ७२ प्रतिशतको गिरावट देखिएको छ।