सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनसुनी बर्षापछि धनगढीका हावाहुरी पीडितको विचल्ली

२०७६ असार ९, ०७:१२ रोशन भट्ट

मनसुनी बर्षा सुरु भएसंगै धनगढीका हावाहुरी पिडितको विचल्ली भएको छ। गत जेठ २३ गते चलेको हावाहुरीले घरको छानो उडाएपछि समस्यामा परेका पीडितहरु मनसुनी बर्षापछि झनै विचल्लीमा परेका हुन। हावाहुरीको तीन साता पुग्नै लाग्दा पनि केहि पीडितहरुले त खुल्ला आकास मुनी दिन रात विताउनुपर्ने बाध्यता रहेको छ। 

सरकारले राहत घोषण गरेको लामो समय हुँदा पनि त्रिपाल बाहेक अरु केहि नपाएको हुरी पीडित तुल्सा रानाको गुनासो छ। ‘क्षतिको लागत संकलन गरेको तीन साता हुनै लाग्दा पनि कोही फर्केर आएका छैनन,’ उनले भने, मनसुन सुरुभयो हाम्रो विचल्ली भएको छ। पुर्ण रुपमा घर पुन निर्माणको कार्य नसकिएका वेला मनसुन सुरु भएपछि घर भित्रै पानी पस्न थालेको छ।’

घरका लुगाकपडा तथा अनाजहरु पनि भिजेपछि छाक टार्न समेत मुस्कील भईरहेको अर्का हुरी पीडित सीता कुमालले बताईन। ‘सरकारले घोषण गरेको राहत पनि नपाएपछि घर निर्माण गर्ने रकम नहँुदा अरुको घरमा गएर आश्रय लिनुपर्ने बाध्यता रहेको छ,’ उनले भनिन्, ’मनसुन सुरु भएसंगै सबैभन्दा बढी मारमा हामी परेका छौ।’

आयस्रोत केहि नभएका नागरिकहरुको अझै सम्म पनि घर निर्माण हुन सकेको छैन्। घर हुरीले उडाएपछि पीडित परिवारहरु नातागोता तथा अफन्तकोमा गएर आश्रय लिईरहेका छन् भने पीडित परिवारका विद्यार्थीहरुको विद्यालय छुटिरहेको छ।

दिनभर काम गरेर छोराछोरी पढाउने तथा साझ विहानको छाक टर्ने वर्गको दैनिकी मनसुन सुरुभएसंगै झन कष्टकर भएको छ। घरमा नै सानो तिनो व्यपार व्यवसाय सुरु गरेकाहरुलाई पनि हावाहुरीको समस्या समाधान नहँुदै मनसुन सुरु भएपछि विचल्लीमा पारेको छ। 

 

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस