धनगढी र गोदावरीबाट १ लाख बढीको अबैध सामान बरामद
धनगढीः कैलालीको धनगढी र गोदावरीबाट १ लाख बढीको भन्सार छलीका अबैध सामान बरामद गरिएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–२ आदर्श चोक, तिलकेताल नजिक, शिसा पोष्ट नजिक, धनगढी उपमहानगरपालिका–७ मनेहरा र गोदावरी नगरपालिका–५ गेटा स्थित आँखा अस्पताल जाने बाटोबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ४५ हजार ५५० मूल्य बराबरको सामान बरामद गरिएको हो।
उक्त मूल्य बराबरको प्याज, चिनी, गुड, सरप, दाल, पानीपुरी, साबुन, नमकिन, बिस्कुट, मिठाई, चक्लेट लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।