धनगढीमा सरसफाइ
धनगढी : कैलालीको धनगढीमा सरसफाइ गरिएको छ। धनगढी उपमहानगरपालिका–५ हसनपुरको डिभोटी होटेलदेखि पिपल चौतारासम्म सरसफाइ गरिएको हो।
राष्ट्रिय अपाङ्गता महासंघ, सुदूरपश्चिमको आयोजनामा शनिवार धनगढीमा सरसफाइ गरिएको छ। धनगढी उपमहानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, नेपाल स्काउट सुदूरपश्चिम, गैर सरकारी संस्था, वडा प्रहरी कार्यालय लगायतको सहकार्यमा सरसफाइ गरिएको हो।
धनगढीका सडकहरुमा दृष्टिविहीनहरूका लागि राखिएका ब्लकहरूकोसमेत स्थलगत निरीक्षण गरिएको छ। सडकको फुटपाथमा हुने सवारी पार्किङ तथा अवरोधहरूसमेत हटाइएको महासंघले बताएको छ।