सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट झन्डै ६ लाख मुल्यको भन्सार छलीका सामान बरामद  

२०८१ मंसिर १५, ०९:४२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट झन्डै ६ लाख मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–२ भासी र बाणीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५ लाख ८१  हजार ७४० बराबरको भन्सार छलीको सामान बरामद गरिएको हो।

उक्त मुल्य बराबरको बिडी, सुर्ती, पावर वोर्ड, स्वीच, फाएर पिन बिभिन्न किसिमका मोबाईल कभर, गद्दा लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको छ। 

कमेन्ट लोड गर्नुस