धनगढीमा एक बालकलाई ठक्कर दिएर मोटरसाइकल चालक फरार
धनगढीः कैलालीमा एक बालकलाई ठक्कर दिएर मोटरसाइकल चालक फरार भएका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका ९ वर्षीय अमुल रानालाई से ६ प १०३० नम्बरको मोटरसाइकलका चालक ठक्कर दिएर फरार भएका छन्।
घाइते बालकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। चालकको परिचय खुलेको छैन्। चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए।