धनगढीमा अपाङ्ग महासंघले साताव्यापी कार्यक्रम गर्ने
धनगढीः राष्ट्रिय अपांग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशले अपांगता भएका व्यक्तिहरुको ३३ औँ अन्तराष्ट्रिय दिवसको अवसर पारेर साप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ।
शुक्रवार धनगढीमा पत्रकार सम्मेलन गर्दै महासंघले ३ डिसेम्बरमा मनाइने ३३ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा शुक्रवारदेखि नै साप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको जनाएको छ। २० मंसिरसम्म सञ्चालन हुने कार्यक्रम अन्तरगत विभिन्न खालका गतिविधी आयोजना गरिने महासंघका सुदूरपश्चिम अध्यक्ष मानबहादुर साउदले बताए।
उनकाअनुसार पहिलो दिन पत्रकार सम्मेलन, १३, १४ र १५ गते ओठ तथा तालु फुटेकाहरुको निःशुल्क शल्यक्रिया शिविरको प्रचारप्रसार, लालझाडीमा अपांगता पहिचान शिविर सञ्चालन, १५ गते धनगढीमा सफसफाई कार्यक्रम, लालझाडीमा अन्तरक्रिया, १६ र १९ मंसिरमा कक्षा ९ देखि १५ सम्मको हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ।
मंसिर १८, १९ र २० गते धनगढीमा प्रर्दशनी मिनी महोत्सवको आयोजना गरिएको छ। महोत्सवमा सुदूरपश्चिमको कला, संस्कृति प्रवद्र्धन गर्न सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ।