हुलाकी राजमार्गको कञ्चनपुर खण्ड सम्झौताको आठ वर्षसम्म अलपत्र
धनगढी : कञ्चनपुरको डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक निर्माण गर्न २०७३ फागुनमा सम्झौता भयो। कञ्चनपुरमा हुलाकी राजमार्ग तीन खण्डमा निर्माणका लागि सम्झौता भएको हो।
कञ्चनपुरमा ४४ किलोमिटर आठ वर्षमा कालोपत्र भएको हो। तीन खण्डमा १८ किलोमिटर सडक कालोपत्रको काम बाँकी रहेको छ। हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीका प्रमुख मुकुन्द लामिछानेले तीन खण्डमा काम जारी रहेको बताए। हुलाकी राजमार्गको कञ्चनपुर खण्डको पहिलो खण्डमा मर्मत र रङ्गरोगनको काम मात्र बाँकी रहेको छ। सुन्यदेखि २० किलोमिटरको काम अन्तिम चरणमा पुगेको हो। पहिलो खण्डमा मर्मतको काम बाँकी छ। काम सकिएको हो। सडकमा पहेलो रङ्ग लगाउने काम बाँकी छ।
बाबा-हंस–सिद्धिसाई जेभीको २० देखि ३० किलोमिटरमा १४ किलोमिटरको काम सकिएको छ। दोस्रो खण्डमा ६ किलोमिटरमा काम बाँकी रहेको हो। ह्यूम्पाइप लगायतको कामसमेत बाँकी रहेको छ। नेपाल–भारतको सीमाना विवादका कारणलेसमेत दोस्रो खण्डमा काम रोकिएको छ। दोस्रो खण्डमा सात किलोमिटरको काम बाँकी रहेको हो। दोस्रो खण्डमा मर्मतको कामसमेत बाँकी रहेको छ। उनले भने, ‘सिँचाइको कुलो र सीमाना विवाद लगायतको समस्या छ। केही क्षेत्रमा काम भएको छैन। यो आर्थिक वर्षमा काम सक्न भनेका छौ। जम्मा सात किलोमिटर बाँकी छ। मर्मतको काम पनि गर्नुछ।’
कञ्चनपुरको तेस्रो खण्डमा शर्मा÷राजेन्द्र जेभीको २२ किलोमिटरको ठेक्का पाएको थियो। राजेन्द्र निर्माण सेवाको ११ किलोमिटरको काम बाँकी रहेको छ। हुलाकी राजमार्गको ४० देखि ६२ किलोमिटर क्षेत्रमा बेस निर्माणको काम भएको छ। कञ्चनपुर खण्डको ४४ किलोमिटरको काम पूरा भएको हो। कञ्चनपुरमा हुलाकी राजमार्गको कञ्चनपुर खण्डमा १३ संशोधनपछि पनि १८ किलोमिटरको काम बाँकी रहेको हो। हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीका प्रमुख मुकुन्द लामिछानेले बेस निर्माणको काम सकिएको बताए। उनले भने, ‘६२ किलोमिटरमा १८ बाँकी भयो।’
डोकेबजारदेखि बेलौरीसम्मको पहिलो प्याकेजको २० किलोमिटरमा ३६ करोड ४७ लाखमा शर्मा–राजेन्द्र जेभीले निर्माण गर्दै छ। बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजको लागत ४१ करोड ४१ लाख छ। दोस्रो प्याकेज निर्माणको जिम्मा पाएको बाबा हंस–सिद्धीसाई जेभीले पाएको हो। हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटर सडक रहेको छ।