उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुने
काठमाडौँः मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनका लागि आज (बिहीवार) राति १२ बजेबाट मौन अवधि सुरु हुनेछ। यो अवधिमा उपनिर्वाचनका कुनै पनि उम्मेदवारले चुनावी प्रचार प्रसार गर्न नपाउने व्यवस्था छ।
आज रातिबाट मौन अवधि सुरु हुने भएको कारण चुनावी प्रचार प्रसारका सम्पुर्ण कार्यक्रम गर्न नपाईने ब्यवस्था रहेको र यदी कुनै उम्मेदवार वा राजनीतिक दलहरुबाट त्यस्ता कामहरु भए कारवाही गरिने मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए।
कुनै पर्चा पम्प्लेट टाँस्ने, माईकिङ गर्न,फ्ल्यास बोर्ट टाँस्न, सञ्चार माध्यमले प्रचार प्रसार गर्ने लगायत काम गर्न पाइने छैन। यो मौन अवधि मंसिर १६ गते मतदान कार्य सम्पन्न नहुन्जेलसम्म लागू हुनेछ।