सुदूर नेपाललाई विश्वसँग जोड्दै

सडक जीवन बिताइ रहेका वृद्धको उद्धार

२०८१ मंसिर १३, १२:५२ खबर संवाददाता

डोटीः वर्षाैदेखि सडक पेटीमा आश्रित एक जना वृद्धको उद्वार गरिएको छ। अछामको मङ्गलसेन कालागाउ घर बताउने अन्दाजी ६५ वर्षीय चन्द्र आउजीलाइ सडक पेटीबाट उद्वार गरिएको हो।

मङ्गलवार वृद्धलाई जिल्ला प्रशासन डोटीको समन्वय तथा दिपायल सिलगढी पालिकाको सहयोगमा  कैलालीमा रहेको सहारा घरमा राखिएको छ। कसैले केही दिए खाने नत्र भोकै बस्नुपर्ने बाध्यताका बिच कष्टकर सडक जीवन बिताउँदै आएका आउजीलाई दिपायल सिलगढी नगरपालिकाले आफ्नै बोलेरो जिपमा सहयोगीसहित कैलालीमा रहेको सहारा घरमा पु¥याउन सफल भएको नगर प्रमुख बाजि सिंह खड्काले जानकारी दिए।

उनले भने, 'अहिले पनि सडक पेटीमा कयौँ मानिस कष्टकर जीवन बिताइ रहेका छन्। उहानीहरूको संरक्षण र अभिभावकत्व ग्रहण गर्नु हाम्रो परम कर्तव्य हो।’ उनले थपे ,’बेसहारा, अशक्त, असहाय, अनाथ र अभिभावकविहीन मानवहरूको संरक्षणमा स्थानीय सरकारले विगतदेखि निरन्तर कार्य गरिरहेको छ। आगामी दिनमा पनि साथ सहयोग हुनेछ। यस्ता मानवीय सेवामा सबैको साथ सहयोगको आवश्यकता रहन्छ।’

विभिन्न कारणले परिवारबाट बिच्छेद भई सडकको आश्रय लिन बाध्य भएकाहरूको उद्वार र व्यवस्थापन गर्ने कार्यमा सबैले हातेमालो गरेर अगाडी बढ्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। विगत ८–९ वर्षदेखि उनी विभिन्न जिल्लाका सडकमा बस्दै आएकी थिए।
 

कमेन्ट लोड गर्नुस