चोरी मुद्दामा फरार रहेका धनगढीका एक युवक पक्राउ
२०८१ मंसिर १३, ०७:२७
धनगढीः चोरी मुद्दामा फरार रहेका धनगढीका एक युवक पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ६ महिना कैद सजाय र १० हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–१ बस्ने २६ वर्षीय भरत बस्याल पक्राउ परेका हुन्। बस्याललाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको हो।
कमेन्ट लोड गर्नुस